डडेल्धुरा - उद्योग वाणिज्य संघ, डडेल्धुराको नयाँ कार्यसमिति सहमतिका आधारमा निर्विरोध चयन भएको छ। निर्वाचन समितिले बिहीबार अन्तिम परिणाम सार्वजनिक गर्दै अध्यक्षसहित सबै पदमा उम्मेदवारहरू निर्विरोध भएको जनाएको हो। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार अध्यक्षसहित सबै पदाधिकारी तथा सदस्य निर्विरोध भएका हुन्।
संघको अध्यक्षमा दीपकबहादुर महता चयन भएका छन्। यस्तै लालमणि पन्त वरिष्ठ उपाध्यक्ष, दिनेशप्रसाद पनेरु वाणिज्य उपाध्यक्ष तथा वासुदेव जोशी उद्योग उपाध्यक्षमा निर्विरोध भए ।
महासचिवमा मीनाकुमारी फुलारा, वाणिज्य सचिवमा धनबहादुर ठकुराठी, उद्योग सचिवमा नेत्रप्रसाद अवस्थी र महिला सचिवमा कमलाकुमारी जैसी चयन भए। कोषाध्यक्षमा सीताराम पाण्डेय छन्।
सदस्यतर्फ हरिप्रसाद उप्रेती, सुभाषचन्द्र भट्ट, शैलेन्द्र भट्ट, विकास पन्त, वसन्तराज पाण्डेय, जगदीश सिंह रावल र सिद्धराज भट्ट चयन भएका छन्। यस्तै महिला सदस्यमा पुनम नगरकोटी र सिर्जना जोशी तथा दलित सदस्यमा शेरबहादुर सुनार र सुरेन्द्रबहादुर सार्की निर्विरोध भए।
निर्वाचन समितिका अनुसार सहमतिका आधारमा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो। व्यवसायीहरूबीच सहमति कायम भएपछि निर्वाचन प्रक्रिया प्रतिस्पर्धाबिनै टुंगिएको समितिले जनाएको छ।
