नेकपा एमालेका केन्द्रीय सदस्य तथा डडेल्धुरा जिल्ला इन्चार्ज पठान सिंह बोहराले एक कार्यक्रमका बीच राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाललाई युक्रेन बनाउन सक्ने खतरा रहेको आरोप लगाउनु भएको छ ।
उनले भन्नुभयो भोलोदीमिर जेलेंस्की पहिले एक अभिनेता, हास्य कलाकार र टेलिभिजन निर्माता थिए, र उनले राजनीतिमा प्रवेश गरेपछि राष्ट्रपति बनेका हुन्।
त्यस्तै टेलिभिजन कार्यक्रम र गीत गाएर चर्चामा आएका कलाकार, पत्रकार बालिन शाह र रवि लामिछानेले यो देशमा ठूलो युद्ध निम्त्याउन सक्ने खतरा रहेको आशंका व्यक्त गर्नुभयो।
इस्टन्ट र हल्लाखल्ला गरेर देश बन्दैन व्यक्तिको लोकप्रियता फरक कुरा हो। देश निर्माण गर्न राजनीतिक दृष्टिकोण र दीर्घकालीन रणनीतिक दस्तावेज चाहिन्छ ।
नेकपा एमाले डडेल्धुराको आयोजनामा प्रतिनिधि सभा निर्वाचन सम्बन्धी अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका बोहराले नेकपा एमाले माथि देशभित्रबाट र बाहिरबाट आक्रमण भइरहेको समेत बताउनुभयो।
निर्वाचन कार्ययोजनामा थप प्रष्ट पार्दै नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गजेन्द्रबहादुर शाहीले यसपटकको निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित रहेको दाबी प्रस्तुत गर्नुभयो।
डडेलधुरा जिल्लाका सातवटै स्थानीय तहमा रहेका नेकपा एमालेका समर्थकहरूको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले अन्य पार्टीको तुलनामा डडेलधुरामा यसपटक नेकपा एमाले प्रमुख प्रतिस्पर्धी को रुपमा रहेको जानकारी दिनुभयो ।
शाहीले भन्नुभयो विभिन्न पार्टीहरू परित्याग गर्ने फेरबदल गर्ने अवसरवादीहरू यसपटक असफल हुने छन भन्दै आक्रोश व्यक्त गर्नुभयो।
संविधानसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य ज्ञानु गैरेले नेकपा एमाले आदिवासी जनजाति महिला सीमान्तकृत वर्ग र दलितहरूको मुक्तिका लागि उठेको पार्टी भएकोले सम्पूर्ण कार्यकर्ताहरूले एकताबद्ध भएर मतदानमा सहभागिता जनाउनु हुन समेत अनुरोध गर्नुभएको छ।
यस्तै नेकपा एमाले डडेलधुरा जिल्ला कमिटीको आयोजनामा सञ्चालन गरिएको प्रतिनिधिसभा निर्वाचन २०८२ को अवसरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार चक्र प्रसाद स्नेहीले आफू राष्ट्रिय सभा सदस्यको रुपमा रहँदा पनि डडेलधुरामा रहेका विभिन्न समस्याहरू राज्यसँग पुर्याएको र आगामी दिनमा पनि यो जिल्लाको समग्र शिक्षा स्वास्थ्य कृषि पर्यटन जडीबुटी र जलाधार देखि मेगा प्रोजेक्टहरु सञ्चालन गर्नका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्नेहीले आफ्नो उम्मेदवारी दलित सीमान्तकृत वर्ग र आदिवासी जनजातिको मुक्तिका लागि रहेको जानकारी गराउँदै यसपटक सबै दलित तथा अन्य शुभचिन्तकहरूले सूर्यमा मतदान गरी विजय गराइदिनु हुन समेत आग्रह गर्नुभयो।
अगुवा कार्यकर्ता भेलामा नेकपा एमालेले आसन निर्वाचनको कार्ययोजना नेकपा एमाले डडेलधुराका अध्यक्ष गजेन्द्रबहादुर शाहीले प्रस्तुत गर्नुभएको थियो। भने उक्त प्रतिवेदनका विषयमा छलफल एको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी प्रदेश कमिटी पालिका कमिटी वार्ड कमिटी र विभिन्न जनवर्गीय संगठनका केन्द्रीय सदस्य प्रदेश कमिटीका सदस्य तथा जिल्ला स्थित सम्पूर्ण जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
