डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकामा आज सोमबार देखि केशव स्मृति क्रिकेट प्रतियोगिता–२०८२ औपचारिक रूपमा सुरु भएको छ। नागरिक स्तरबाट पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताको सोमबार आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिंह पार्कीले उद्घाटन गरेका हुन्।
आयोजकका अनुसार प्रतियोगितामा वभिन्न८ वटा टिमहरुको सहभागिता रहेको छ । उद्घाटन खेलमा आलिताल गाउँपालिकाको कार्यालय र वडा नं. ३ को कार्यालयबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता हुने टिमलाई रु. १ लाख १ हजार १ सय ११ तथा उपविजेतालाई रु. ५१ हजार १ सय ५१ पुरस्कार प्रदान गरिनेछ।
आलिताल गाउँपालिका वडा नम्बर ८ स्थित पालिकाको खेल मैदानमा सञ्चालन भैरहेको उक्त खेलले स्थानीय स्तरमा खेलकुद विकास, युवाहरूलाई खेलप्रति आकर्षित र प्रोत्साहन गर्ने तथा क्रीकेट खेलाडि स्वर्गीय केशवप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता नागरिकहरूको आर्थिक सहयोगमा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजक समितिले जनाएको छ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी, स्थानीय नागरिक तथा सरोकारवालाहरूलाई उपस्थित भई सहयोग गर्न आग्रह गरेको छ।
पहिलो खेल वडा नं. ३ को कार्यालय र आलिताल गाउँपालिका बीच हुनेछ।
दोस्रो खेल आलिताल इन्जिनियरिङ र दिप्ती स्टेशनरी बीच हुनेछ।
तेस्रो खेल एस.एच. बिल्डर्स र वडा नं. ४ को कार्यालय बीच हुनेछ।
चौथो खेल वडा नं. ६ को कार्यालय र शेलालिङ प्राथमिक विद्यालय बीच हुनेछ।
यसैगरी,
पाँचौँ खेल वडा नं. ३ को कार्यालय र एस.एच. बिल्डर्स बीच,
छैटौँ खेल दिप्ती स्टेशनरी र वडा नं. ६ को कार्यालय बीच,
सातौँ खेल वडा नं. ३ को कार्यालय र वडा नं. ४ को कार्यालय बीच,
र आठौँ खेल आलिताल इन्जिनियरिङ र शेलालिङ प्राथमिक विद्यालय बीच हुनेछ।
प्रारम्भिक चरणबाट विजेता चार टिम सेमिफाइनलमा प्रवेश गर्ने आयोजकले जनाएको छ।