लोकेन्द्र ओझा, डडेल्धुरा-डडेल्धुरामा आत्महत्या गर्नेको सङ्ख्या बढेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार गत वर्ष डडेल्धुरा जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या ३५ जना पुगेको छ।
आत्महत्या गर्नेहरूमा १८ जना पुरुष र १७ जना महिला रहेका छन्। आत्महत्याका घटनाहरूमध्ये चार जनामा आत्महत्या दुरुत्सानको मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार महेन्द्र माध्यमिक विद्यालय डडेल्धुरामा अध्ययनरत बालबालिका र अभिभावकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक श्रेष्ठले यस्तो बताउनु भएको हो । लागू औषध, आत्महत्या र साइबर क्राइमका विषयमा सहजीकरण गर्दै डडेल्धुरा जिल्लाको गत आर्थिक वर्षको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । यसलाई रोकथाम गर्न जिल्ला प्रहरी कार्यालय डडेल्धुराले निरन्तर सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गाउँ गाउँसम्म पनि अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
पछिल्लो समयमा नेपालमा बढ्दै गइरहेको लागू औसत आत्महत्या तथा साइबर अपराध सम्बन्धी भिडियो सामग्री प्रस्तुत गर्दै विद्यार्थी तथा अभिभावक हरू सँग अन्तरक्रिया गर्दै सहजीकरण गर्नुभएको थियो ।
यस्ताै डडेल्धुरा अस्पताल डडेलधुराका निमित्त नर्सिङ प्रमुख टिका राउतले बालबालिकाको अगाडि अभिभावकले गर्ने व्यवहा र त्यसको प्रभावका विषयमा जानकारी दिनुभयो । साथी संगतबाट बालबालिकाहरू कसरी बिग्रिन सक्छन् स्वयं बालबालिकाहरूले नै ती साथीहरू र त्यस्ता साथीहरुबाट कसरी सावधान बन्ने भन्ने विषयमा विद्यार्थीलाई जानकारी दिनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै महेन्द्र माध्यमिक विद्यालय डडेल्धुराका प्रधानाध्यापक सुरेन्द्र एरले असल संस्कार सहितको गुणस्तरीय शिक्षा हाम्रो प्रमुख लक्ष्य रहेको जानकारी दिनुभयो। उहाँले अभिभावकलाई भन्नुभयो हामी यस वर्ष शतप्रतिशत नतिजा ल्याउने गरी शैक्षिक गुणस्तर सुधार गर्दैछैां यसमा सबै अभिभावक ज्यूहरूको साथ र सहयोग आवश्यक छ।
प्रधानाध्यापकले भन्नुभयो बालबालिकाहरूका लागि पढ्ने उपयुक्त वातावरण सिर्जना गर्ने अभिभावकको दायित्व हो। बालबालिकाहरूलाई अनुशासित बनाउनका लागि अभिभावक पनि अनुशासित मर्यादित र आदर्श व्यक्ति बन्न जरुरी छ।
सामाजिक परिवेशमा मेरो बच्चा कस्तो अवस्थामा छ कुनै लागू औषधमा त फसेको छैन भन्ने विषयमा पनि चनाखाे बन्नुपर्ने छ। बालबालिकालाई कुलतमा जानबाट रोक्नु अहिले अभिभावकका लागि पनि चुनौतीको कुरा रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गत शैक्षिक सत्रमा आएको एसइइ परीक्षाको नतिजा ६१ प्रतिशत राष्ट्रिय रूपमा आएको उत्तीर्ण दर भएकोमा डडेल्धुरा जिल्लामा २७ प्रतिशत मात्रै आएको थियो योनिकै थोरै हाे । चालु शैक्षिक सत्रमा शैक्षिक गुणस्तरको इन्डिकेटरको रूपमा मानिने SEE परीक्षा मा सुधार हुन जरुरी छ। शैक्षिक गुणस्तरको अवस्था कस्तो छ भन्ने कुरा मापन गर्ने आधार उत्तीर्णदर भएकोले यसमा सबै अभिभावकहरूले आफ्ना नानीबाबुहरुकाे भविष्य सुनिश्चित हुने गरी पठनपाठन गराउन निकै जरुरी छ।
बालबालिकाहरू अभिभावकले गरेका क्रियाकलाप हरूबाट र शिक्षकले देखाउने व्यवहार र गर्ने क्रियाकलापबाट पनि निकै प्रभावित हुने हुँदा शिक्षक र अभिभावक समेत चरित्रवा न र आदर्शवान बन्न जरुरी रहेको धारणा राख्नुभएको थियो।
महेन्द्र माध्यमिक विद्यालय खलङ्गा डडेल्धुराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक क्षेत्रीको सभाध्यक्षतामा सञ्चालित कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक , सुरक्षाकर्मी, सञ्चारकर्मी , बाल क्लबका अध्यक्ष , स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो।