डडेल्धुरा - डडेल्धुराका ७ वटै पालिका द्वारा आर्थिक बर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेका छन। आगामी आर्थिक बर्षका लागि मंगलबार सबै पालिकाहरुले बजेट प्रस्तुत गरेका छन भने गन्यापधुराले भने सोमबार नै प्रस्तुत गरेको थियो।
परशुराम नगरपालिकाले ८० कराेड ४९ लाख ४१ हजार ४ सय ३५ रुपैयाँकाे बजेट ल्याएकाे हो।
नगरपालिकाको १७ औं नगरसभाकाे दाेस्राे बैठकमा नगर-उप प्रमुख बिमला कुमारी बाेहरा (महता) ले वजेट प्रस्तुत गर्नु भएको हाे।
दायित्व , चालू र पुजिगत खर्च, राजश्वकाे आधारमा, प्रदेश सम्पुरक र संघिय वजेटलाई टेकेर नगरपालिकाकाे आन्तरिक आयलाई अनुमान गरि बजेट सार्वजनिक गरिएको नगर-उप प्रमुख बिमला कुमारी महाता(बाेहरा) ले बताउनु भयाे ।
जनताकाे अपेक्षामा वजेट हुने गरे पनि केहि वजेट शिर्षकले बाधेकाे हुन्छ समग्रमा जनताकाे माग अनुसार बजेट ल्याएकाे उहाँले बताउनु भयाे । पुर्वाधार , शिक्षा , स्वास्थ्य र राेजगार परशुरामकाे बजेट रहेकाे उहाँले बताउनुभयो ।
आलिताल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड २७ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेट गाउँसभामा प्रस्तुत गर्दै गाउँपालिकाले आगामी वर्षको समग्र विकास, सेवा प्रवाह र पूर्वाधार निर्माणमा केन्द्रित हुने जनाएको छ।
प्रस्तावित कुल बजेटमध्ये ३१ करोड २० लाख २५ हजार रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ भने २२ करोड ६ लाख ७० हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। चालुतर्फ ५८.५७ प्रतिशत र पुँजीगततर्फ ४१.४३ प्रतिशत खर्च विनियोजन गरिएको छ।
जसमध्ये संघीय सरकारबाट समानीकरण, ९ करोड ७ लाख सशर्तबाट १७ करोड९० लाख, विशेष अनुदान तर्फ ५ करोड ५७ लाख र राजस्व बाँडफाँट ११ करोड ४९ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारबाट शशर्त अनुदानबाट ३ करोड ८० लाख, विशेष अनुदान ७५ लाख , सम्पुरक अनुदान ९४ लाख समानिकरण अनुदानबाट ७७ लाख ९३ हजार , प्रदेश राजस्व बाडफाडबाट ३२ लाख १ हजार प्राप्त हुने जनाइएको छ। त्यस्तै, गाउँपालिकाको आन्तरिक स्रोतबाट १ करोड ४५ लाख रुपैयाँ संकलन गरिने लक्ष्य लिइएको छ।
गाउँपालिकाले पूर्वाधार विकास, ऊर्जा क्षेत्र,सांस्कृतिक प्रवर्द्धन, प्रशासनिक सुधार, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सुरक्षालगायतका पक्षलाई प्राथमिकतामा राखेको छ।
अजयमेरु गाउँपालिकाले ५३ करोड २ लाख ३८ हजार रुपैयाँको बजेट ल्याएको छ। मंगलबार गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त बजेट गाउँसभाको १७औँ अधिवेशमा प्रस्तुत गर्नुभएको हो।
जसमध्ये चालु खर्चतर्फ रु १० करोड ३५ लाख, विविध तथा पुँजीगततर्फ रु १० करोड ५५ लाख ३३ हजार विनियोजन गरिएको छ। संघीय र प्रदेश सरकारबाट प्राप्त सर्शत समपूरक र विशेष अनुदान कार्यक्रमबाट चालु तथा पुँजीगत खर्च रु ३२ करोड १० लाख हुने अनुमान गरिएको उपाध्यक्ष पालले बताउनुभयो ।
अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट रु ४० लाख ५० हजार, अन्यबाट १ करोड ४३ लाख ९३ हजार, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरणबाट रु ८ करोड ३९ लाख, नेपाल सरकारबाट राजश्च बाँडफाँड भई प्राप्त हुने रु ८ करोड २४ लाख, नेपाल सरकारबाट प्राप्त शर्सत अनुदान रु २४ करोड ७१ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरणबाट रु ७३ लाख २९ हजार, प्रदेश सरकारबाट राजध बाँडफाँड भई प्राप्त हुने रु २४ लाख ४३ हजार, प्रदेश सरकारबाट प्राप्त शर्सत अनुदान रु ३ करोड ५० लाख रहेको जनाइएको छ।
साथै प्रदेश सरकारबाट समपूरक अनुदानबाट रु एक करोड ४४ लाख र विशेष अनुदानबाट ५५ लाख, संघीय सरकारबाट विशेष अनुदानबाट १ करोड ४८ लाख र संघीय सरकार समपूरक अनुदानवापत रु १ करोड ९० लाख प्राप्त हुने अनुमान गाउँपालिकाले गरेको छ।
अजयमेरुले शिक्षा,स्वास्थ्य,कृषि,पुर्वाधार विकास लगायतलाइ प्राथमिकता दिएको छ।
गन्यापधुरा गाउँपालिका को आर्थिक वर्ष २०८२÷८३को वजेट हिजोसार्वजनिक भएको थियो । पालिकाले सोमबार अनुमानित ४४ करोड, ७४ लाख,५० हजार ७ सय ३८ को वजेट ल्याएको छ । गाउँसभाको २० औं अधिवेशनको दोस्रो वैठकमा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटि देउवाले वजेट प्रस्तुत गर्नुभएको हो ।
पालिकाले ब्ययतर्फ चालुअन्तरगत अनुमानित रकम रु २७ करोड,८७ लाख, २६ हजार ३८ र पुँजीगत तर्फ अनुमानित रकम रु १६ करोड,८७ लाख,४८ हजार एकसय रहने जनाएको छ ।
पालिकाले विभिन्न शिर्षकमा संघ सरकार, प्रदेश सरकार र पालिकाको आन्तरिक कोषलाई आयको रुपमा प्रस्तुत गरेको छ ।
पालिकाले संघसरकारवाट हुने वित्तिय समानिकरण तर्फ ७ करोड ९१ लाख , राजश्व बाडफाँड अन्तरगत ८ करोड, ७० लाख,सशर्त अनुदानतर्फ १६ करोड, १६ लाख, सशर्त अनुदान पुजिगत तर्फ ३ करोड ७९ लाख,चालुतर्फ बिशेष अनुदान १ करोड, ३६ लाख, पूंजीगत समपुरक अनुदानतर्फ ५८ लाख, पालिकाले प्रदेश सरकार अन्तरगत विभिन्न शिर्षकमा आयको अनुमान गरेको छ ।
प्रदेश सरकार अन्तरगत प्राप्त हुने वित्तिय समानिकरण अनुदान तर्फ ६७ लाख, ४९ हजार, प्रदेश सरकारवाट प्राप्त हुने सवारी शाधन कर रकम २५लाख ६९ हजार, सशर्त अनुदान पुजिँगत तर्फ २ करोड ४५ लाख, चालुतर्फ विशेष अनुदानमा ५ करोड, बिशेष अनुदान पुजिगत तर्फ २५ लाख, समपुरक अनुदान पुजिगत तर्फ ५ करोड ,गाउँपालिकाको आन्तरिक आय राजश्व संकलन तर्फ ५३ लाख, राजश्व बाँडफाड तर्फ २ लाख, गाउँपालिकाको आन्तरीक आय संचितकोषमा मौज्दात रकम १ करोड ६९ लाख ३२ हजार ७ सय ३८ गरि कुल आय व्यय रु ४४ करोड, ७४ लाख,५० हजार ७ सय ३८ गाउँसभा समक्ष पालिकाले प्रस्तुत गरेको हो ।
भागेश्वर गाउँपालिका ले आगामी आर्थिक बर्ष २०८२/८३ का लागि ५२ करोड ५७ लाख बजेट ल्याएको छ । मंगलबार गाउँपालिकाको कार्यालय बगरकोटमा बसेको नगर सभाको १७ औं बैठकमा गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष पुष्पा ठकुराठीले बजेट पेश गर्नुभएको हो।
उनले पेश गरेको बजेट सर्वसहमतीबाट पारित भएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीदत्त भट्टले बताए । कार्यपालिकाले गरेको निर्णयहरु अनमोदन गरिएको छ भने आर्थिक र विनियोजन विधेयक सभाबाट पारित गरिएको छ।
अमरगढी नगरपालिकाद्धारा ५८ करोड,२५लाख,८८ हजारको वजेट प्रस्तुत गरिएको छ। जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाको आगामी आव २०८२/८३को वजेट नगरसभामा प्रस्तुत गरिएको हो।
नगरले आन्तरिक आय १ करोड ६० लाखको अनुमान गरेको छ , नेपाल सरकारवाट ४१ करोड १० लाख, प्रदेश सरकारवाट ५ करोड, ८१ लाख,३२ हजार वित्तिय हस्तान्तरण मार्फत प्राप्त हुने,संघिय वित्तिय हस्तान्तरण मार्फत प्राप्त हुने संघिय राजश्व बाडफाडवाट ३५ लाख ५९ हजार, मालपोत रजिष्ट्रेशन शुल्कबाट ३५ लाख आय हुने अनुमान गरिएको छ ।
नवदुर्गा गाउँपालिकाले ४६ करोड ७६ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको १८औं गाउँसभा अधिवेशनको दोस्रो बैठकमार्फत बजेट प्रस्तुत गरिएको हो। बजेट वडा नम्बर २ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता दिलबहादुर बिष्टले प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बजेटमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, सिँचाइ, कृषि र पशुपालन जस्ता सेवा र उत्पादनमूलक क्षेत्रमा विशेष प्राथमिकता दिइएको जानकारी दिनुभयो।
“जनताको आधारभूत आवश्यकता पूरा गर्ने र गाउँपालिकाको समुन्नत विकासमा टेवा पु¥याउने उद्देश्यले बजेट तयार गरिएको हो,” अध्यक्ष अवस्थीले भन्नुभयो ।
बजेटमार्फत स्थानिय पूर्वाधार सुदृढीकरण, नागरिक सेवा प्रवाह सुधार, सामाजिक न्याय र समावेशी विकासलाई बल दिइने बताइएको छ।