डडेल्धुरा - डडेल्धुरामा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल ले स्थानीय सरकारमा वित्तीय अनुशासन पालना,बेरुजु फर्छ्यौट र सुशासन प्रबर्द्धनका सम्बन्धमा जिल्लास्तरीय अन्तर्कृया कार्यक्रम आयोजना गरेको छ।
शुक्रबार जिल्ला सदरमुकाम डडेल्धुरामा आयोजित कार्यक्रममा गाउँपालिका महासंघका केन्द्रिय कोषाध्यक्ष एवं अजयमेरु गाउँपालिका डडेल्धुराका अध्यक्ष उमेश प्रसाद भट्ट ले संक्षिप्त प्रस्तुतिकरण राख्दै गाउँपालिका महासंघले तीनै तहका सरकारका वीचको अन्तरसम्वन्धलाई सुदृढ गर्ने,स्थानीय सरकारका सबै कार्यक्रममा समावेशीकरणलाई मूर्तरुप दिन नेतृत्व क्षमताको विकास गर्ने,स्थानीय स्तरमा सार्वजनिक उत्तरदायित्वको प्रवर्धन गर्ने । आर्थिक पारदर्शिता र मितव्ययीता कायम गर्न महासंघ लागिपरेको बताए।
कार्यक्रममा महालेखा परिक्षक टिकानाथ अर्यालले आफनो प्रस्तुतिकरण राख्दै सरकारको खर्च, आम्दानी, तथा स्रोतहरूको पारदर्शी, जिम्मेवार,बनाउन राज्यको स्रोतहरू दुरुपयोग हुन नदिन सार्वजनिक सेवा तथा कार्यक्रमहरू सही तरिकाले कार्यान्वयन गराउन,अनियमितता, अपचलन, वा कानुनी उल्लङ्घन भएको विवरण उल्लेख गर्दै आवश्यक निर्देशन दिने काम महालेखाले गर्दै आएको बताए ।
महालेखा परिक्षण सरकार र राज्यसंयन्त्रको वित्तीय उत्तरदायित्व सुनिश्चित गर्ने एउटा महत्वपूर्ण संयन्त्रको को रुपमा रहेकोले पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउने काम महालेखाले गर्ने बताए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख तथा सह सचीव बेद प्रकाश भण्डारीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट भएको भ्रष्टाचार, अनियमितता वा पदको दुरुपयोगको अनुसन्धान गरी कारबाही गर्नु,आयोगको मूल भावना रहेको बताए ।
आयोगले नागरिकबाट प्राप्त उजुरीको आधारमा वा आफ्नै सूचनाको आधारमा अनुसन्धान गर्ने,अनुसन्धानपछि कसैले भ्रष्टाचार वा पददुरुपयोग गरेको पुष्टि भए आयोगले मुद्दा दायर गर्ने काम गर्ने गरेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग राज्यशक्तिको दुरुपयोग रोक्न, सार्वजनिक सेवा प्रणालीमा स्वच्छता ल्याउन, र नागरिकहरूको विश्वास बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक अंग भएकाले यसको प्रभावकारी कार्यान्वयनले लोकतन्त्र र सुशासनको आधार बलियो बनाउने बताए।
कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय महासचिव एव कालिगण्डकी गाउँपालिकाकाअध्यक्ष बेद बहादुर थापा प्रमुख अतिथी थिए भने गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रमुख तथा के.आइ.सिंह गाउँपालुका प्रमुख लोकेन्द्र शाही सभापति रहेका थिए।
विभिन्न गाउँपालिकाका प्रमुख,उपप्रमुखहरु,प्रमुख प्रशासकीय अधिकृतहरु लेखाका कर्मचारीहरु,सञ्चारकर्मीहरु तथा सरोकारवालाहरु सहभागी थिए।