डडेल्धुरा - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सबै राजनीतिक दल एकै हुन भन्ने भाष्य बन्दै गएकोमा दु:ख व्यक्त गरेका छन।
शुक्रबार डडेल्धुरा जिल्ला सदरमुकामको बसपार्कमा माओवादी केन्द्रको जनजारण अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग अभियानको सिलसिलामा आयोजना गरिएको जनसम्वाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशमा भ्रस्टाचार गर्ने,भ्रस्टाचारीलाइ संरक्षण गर्ने र सुशासन कायम गर्ने गराउने एउटै हुन भन्ने समाजको एउटा तप्काले जनमानसमा भ्रम शृजना गरिरको बताए ।
जनसम्वाद कार्यक्रममा बोल्दै प्रचण्डले आफु हरुले देशमा सुशासन,सामाजिक न्याय स्थापना गर्दै भ्रष्टाचारीलाइ डण्डा बजाएरकै कारण बिचौलिया हरुको योजनामा भ्रष्टहरुलाइ संरक्षण गर्न दुई ठुला दल मिलेर सरकार रातारात ढालेको दावी गरे।
अध्यक्ष प्रचण्डले गभर्नर नियुक्तिमा ढिलाइ हुँदा देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने बताएका छन् । उनले चाँडो उक्त पदमा नियुक्तिको टुङ्गो लगाउन आग्रह गरे ।
आजै बैतडीको पाटनबाट नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) केन्द्रित जनतासँग माओवादी जनजागरण अभियानको शुभारम्भ गरेका हुन।
तराईपहाड, हिमाललाई एकताबद्ध रुपमा जोड्न र आर्थिक समृद्धिमा टेवा पु¥याउन मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गरिएको अध्यक्ष प्रचण्डले बताए ।
पहाडका जनताका समस्या समाधान गर्न सरकारलाई खबरदारी गरिने उनले बताए । यसैगरी सुदूरपश्चिमको विकास नभइ देशको विकास सम्भव नहुने उनको धारणा छ ।
सम्बोधनका क्रममा प्रचण्डले डडेल्धुरामा एक एयर्पोर्ट,भित्रीमधेसमा नदि कटान रोक्न तटबन्ध,बागबजार कृतिपुर फोर लेन सडक निर्माण,महाकाली करोडोर,सेती करिडोर लागयतका आयोजनाहरु अगाडी बढाउन आफू डडेल्धुराबासीको साथमा रहने प्रतिवद्धता व्यक्त गरे।
अध्यक्ष प्रचण्डले माओवादी सरकारले नेतृत्व गर्दा हुलाकी राजमार्ग,मध्यपहाडी लोकमार्ग,सुदूरपश्चिम विश्वविद्यालय,दोधाराचाँदनी सुक्खा बन्दरगाहबाट,दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिस्ठान,शिर्ष परशुराममा नेपाल - भारत जोडने मोटरेवल पुल लगायतका थुप्रै आयोजनाहरु अगाडी बढाएको दावी गरे। साथै देशमा हुने १८ घण्टा लोडसेडिङको अन्त्य कुलमान घिसिङ तथा उर्जामन्त्री जनार्दन शर्मालाई अगाडी सारी अन्त्य गरेको सबैलाई जगजाहेर भएको बताए ।
कार्यक्रममा पार्टीका महासचिव देव गुरुङले सहिदहरूको योगदानलाई स्मरण गर्दै जनआन्दोलन र सङ्घर्षले ल्याएको परिवर्तनलाई संस्थागत गर्न सबै क्षेत्र गम्भीर हुनुपर्नेमा जोड दिए ।