तेज डुम्रेल
डोटी ,बैशाख ३०
सामाजिक, साँस्कृतिक, ऐतिहासिक, एकिकरणसंग सम्बन्धित तथा पूर्वाधार विकासका कार्यक्रमहरु संचालन गर्दै आएको नेपाली सेनाले दिपायल सिलगढी नगरपालिका वडा नं६ थाप्लामा व्यवस्थित धारा तथा पानी ट्याङ्कि निर्माण गरेको छ।
नेपाली सेनाबाट संचालन भएको सिघ्र प्रभावी योजना अन्तर्गत सुदूर पश्चिम पृतना हेडक्वाटरको निर्देशन , श्री नं.५ वाहिनी अड्डाको सुपरीवेक्षणमा भैरव प्रसाद गणले धारा तथा पानी ट्याङ्कि निर्माण गरेको हो।
आज एक कार्यक्रमका बिच निर्माण गरिएका संरचनाहरुको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खडका र भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परिक्षित देउजाले संयुक्तरुपमा उदघाटन गर्नुका साथै दिपायल सिलगढी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेश मलासीलाई धारा र पानी ट्याङ्कि हस्तान्तरण गरिएको हो।
नागरिक-सैनिक सम्बन्ध अभिवृद्धि गर्नुका साथसाथै जलवायु परिवर्तन संगै भएका परिवर्तनले पानीका मुलहरु सुक्दै गइरहेको र भएका मुहानहरुलाई व्यावस्थित ढंगबाट एकीकृत गरि नागरिकहरुमा खानेपानीको आवस्यकता पूरा गर्ने उदेश्य अनुरुप धारा तथा पानी ट्याङ्कि निर्माण गरिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परिक्षित देउजाले बताउनुभयो।
पछिलो समय विभिन्न कारणले पानीको समस्या बढ्दै गएको र नेपाली सेनाले निर्माण गरेको संरचनाले केहि हदसम्म यहाका स्थानीयहरुको खानेपानीको समस्या समाधान हुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खडकले बताए।
साथै नगर प्रमुख खडकाले सेनाले गरेका यस्ता कार्यले नागरिक-सैनिक सम्बन्ध प्रगाढ हुने पनि बताउनुभयो।
धारा निर्माण भए संगै यहाका स्थानियहरुलाई खानेपानीका साथसाथै सिचाइका लागि सजिलो हुने पुर्ब नगर प्रमुख तथा नेकपा एमाले डोटीकि अध्यक्ष मन्जु मलासीको भनाई रहेको छ।
आपद बिपदमा सहयोग गर्दै आईरहेको नेपाली सेनाले नागरिकहरुका समस्यामा दत्तचित्त भएर काम गरिरहेको स्मरण गराउदै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले निर्माण गरिएका संरचनाले यहाका स्थानीय लाभान्वित हुने र यस्को दीर्घकालीन संरक्षणमा पनि स्थानियले जोड दिनुपर्ने बताउनु भयो।
धारा तथा पानी ट्याङ्कि निर्माण भए संगै यस क्षेत्रका ३ सय जना स्थानिय लाभान्वित हुने भैरव प्रसाद गणले जनाएको छ।
विगतमा पनि नेपाली सेनाले डोटीमा थुप्रै सामाजिक कार्यहरू गर्दै आइरहेको छ।