डडेल्धुरा - नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान जेठ २ गतेबाट शुरु हुँदैछ । अभियानअन्तर्गत जेठ २ गते सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको पाटनबाट शुरु हुने छ।
अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरु नारायणकाजी श्रेष्ठ,अग्नि प्रसाद सापकोटा,जनार्दन शर्मा,पम्फा भुसाल,गिरिराजमणि पोखरेल,खगराज भट्ट लगायतका केन्द्रिय,प्रदेश स्तरका नेताकार्यकर्ताहरु सहभागी हुने छन।
अभियानमा जनता सहिद तथा बेपत्ता परिवारसँग भेटघाट,जनसम्वाद,जनसम्पर्क,जनताहरुसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया,आमसभा लगायत कार्यक्रमहरु हुने जनाइएको छ।
जेठ २ पाटनमा शुरु हुने अभियान सोही दिन डडेल्धुरा सदरमुकाममा जनसम्वाद कार्यक्रमको आयोजना गरिएको माओवादी केन्द्रका डडेल्धुरा जिल्ला संयोजक उमेश भट्ट विकासले जानकारी दिए।
माओवादी केन्द्र डडेल्धुराले एक सुचना जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवदी केन्द्र) को "जनतासंग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान" अन्तरगत डडेल्धुरा जिल्ला कार्यक्षेत्र भएका सुदुरपश्चिम प्रदेश समिति सदस्य, पार्टीका स्थानीय समितिका सदस्य, सुभचिन्तक तथा पार्टीबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू,भातृ संगठनका केन्द्रिय, प्रदेश, जिल्ला र स्थानिय समितिका पदाधिकारी तथा सदस्यहरू लगायत सम्पूर्ण पार्टी सदस्य हरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।
डडेल्धुरामा आयोजना हुने कार्यक्रम तालिका यस्तो छ - जेठ १ डडेल्धुरा सदरमुकाममा बास २०८२ जेठ २ गते विहान मोर्निङ्ग वाक, सोही दिन विहार ७ बजे प्रेस सेन्टर नेपाल डडेल्धुरा शाखाको आयोजनामा पत्रकार सम्मेलन,२०८२ जेठ २ गते दिउसो २ बजे डडेल्धुरा सदरमुकाममा जनसंवाद कार्यक्रम हुने जनाइएको छ।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दल भित्रको मतभेद लगायतका विषयहरु पनि डडेल्धुरामै आपसी छलफल गरी समाधान गराउने पार्टी केन्द्रले जनाएको छ।
सूचना
