डडेल्धुरा - नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी मार्ग केन्द्रित अभियान सुदूरपश्चिम प्रदेशको बैतडीस्थित पाटनबाट सुरु गर्दैछ । जागरण अभियान बैतडीको पाटनबाट सुरु भएर पूर्वको सोलुखुम्बुमा आएर टुंगिने माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिए।
पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले पूर्व–पश्चिम हुलाकी मार्ग र मध्यपहाडी मार्गमा ‘जनतासँग माओवादी’ जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय समितिको निर्णय अनुसार फागुन १२ गतेदेखि नेपालकै होचो स्थान झापाको कचनकवलबाट अभियान सुरु गरी वैशाख १७ गते कञ्चनपुरको महेन्द्रनगर पुगेर सम्पन्न भएको थियो । अभियानलाई सबैभन्दा अग्लो सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पुगेर टुंग्याउने इन्चार्ज पोखरेलले बताए ।
उनले भर्खर सम्पन्न भएको तराई मधेस जागरण अभियानले माओवादीलाई नयाँ रक्तसञ्चार गरेको दाबी गरेका छन् । समग्रमा अभियानल सफल भएको निष्कर्ष सुनाए । अभियानले जनताका समस्या प्रत्यक्ष रूपमा सतहमा आएको छ । सहिद, बेपत्ता तथा घाइते अपाङ्गता भएका परिवारहरूका समस्या नेतृत्वले थाहा पाएको छ । कतिपय विकासका मुद्दाहरू बजेटमार्फत सम्बोधन हुनुपर्ने देखिन्छ । सबै खाले प्रतिगमनको भण्डाफोर गर्न यसले मद्दत गरेको छ’, उनले भने, ‘केन्द्रीय समिति बैठकपछि पार्टी नेतृत्व सिधै तलका जनता कार्यकर्तासँग जोडिएको छ ।
जागरण अभियानले नयाँ रक्तसञ्चार पैदा भएको छ । पार्टी पुनर्गठनमा अभियानले मद्दत गरेको छ ।’ अबको अभियानमा पनि जनसम्पर्क, अन्तकृया,कोण सभा, विरोध सभा, सहिद तथा बेपत्ता परिवारसँग भेटघाटका कार्यक्रम राखिएको पोखरेलले जानकारी दिए ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानमा करिब एक करोड जनतासँगको प्रत्यक्ष साक्षात्कार,भेटघाट, अन्तर्क्रिया र छलफल जस्ता कार्यक्रमले आमजनता र पार्टीपंतिमा पारेको प्रभावका विषयमा संक्षिप्त समीक्षा सहित समग्रमा अभियान सफल भएको निष्कर्ष निकालेको थियो ।
मध्यपहाडी मार्ग केन्द्रित अभियानको रुपरेखा /कार्यतालिका यस्तो छ।
- "जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान"अन्तर्गत जेठ २ गते देखि जेठ महिनाभित्र सम्पन्न हुनेछ। जसको शुरुवात जेठ २ गते सुदुरपश्चिमको बैतडी जिल्लाको पाटनमा अभियानको उद्घाटन हुनेछ भने मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरुमा पार्टीको प्रत्येक प्रदेश समितिले १/१ स्थानमा जनसभाको आयोजना गर्ने र प्रत्येक जिल्ला समन्वय समितिले १/१ स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्नेछन।
- पूर्व १ नं. प्रदेशका जिल्लाहरुमा भइरहेको जनसभाहरुलाई यहिँ अभियानकै कार्यक्रमको रुपमा समावेश गर्ने । बाँकी जिल्लाहरुमा अनुकुल समयमा जनसभाहरु आयोजना गर्ने ।
- लोकमार्गमा पर्ने प्रत्येक जिल्लाले जनदिशा लागु गरी १/१ दिन सबै जिल्लामा बसोबासको व्यवस्था गर्ने ।
कार्यतालिका :
१) २०८२ जेठ १ गते, वेलुका डडेल्धुरा सदरमुकाम।
२) २०८२ जेठ २ गते, बैतडीको पाटनमा जनसभा । सोही दिन दिउँसो २ बजे डडेल्धुरामा जनसम्वाद। ४ बजे डोटिमा जनसम्वाद।
३) २०८२ जेठ ३ गते,अछामको मंगलसेनमा जनसंवाद
४) २०८२ जेठ ४ गते, दैलेख सदरमुकाममा जनसभा
५) २०८२ जेठ ५ गते,जाजरकोटको मनाघाटमा जनसभा कार्यक्रम ।
६) २०८२ जेठ ६ गते, पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोट जनसंवाद
७) २०८२ जेठ ७ गते, पूर्वी रुकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थवाङमा जनसभा ।
८) २०८२ जेठ ८ गते, बागलुङमा जनसंवाद।
९) २०८२ जेठ ९ गते, पर्वतको कुश्मामा जनसंवाद।
१०) २०८२ जेठ १० गते, कास्की (पोखरा) मा जनसभा ।
बाँकी रहेका जिल्लाहरूको कार्यक्रम त्यसपछि तय गरिने माओवादी केन्द्रले जनाएको छ।
