डडेल्धुरा - सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम स्तरका ९ जिल्लाका सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनौट गरेको छ । समाजिक विकास मन्त्रालयले १६ निर्वाचन क्षेत्रका ३२ सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनौट गरेको हो ।
मन्त्रालयले नमुना विद्यालयका लागि प्रदेशभरीका सामुदायिक विद्यालयलाई मागेकोे आवेदन अनुरुप २५ बैशाख ०८१ समाजिक विकासमन्त्री मेघ बहादुर खडकाकोे अध्यक्षतामा बसेको बैठकले नमुना विद्यालय छनौट गरेको जनाएको छ ।
मन्त्रालयका बरिष्ठ शिक्षा अधिकृत जयदेव महराले हस्ताक्षर गरेको पत्रमा नमुना विद्यालयमा विकास गर्ने प्रयोजनका लागि समग्र विकासको गुरु योजना बनाएर आगामी आर्थिक बर्षको नीति, कार्यक्रम बजेट मार्फत मन्त्रालयमा गुरु योजना पेश गर्न निर्देशन दिएको छ । डडेल्धुरामा भागेश्वर मावि परशुराम र भुवनेश्वरी मावि गन्यापधुरा रहेका छन । कञ्चनपुरमा सरस्वती मावि पुर्नवास, महाकाली मावि बेलौरी,कृष्ण मावि गुलरिया,भुवनेश्वरी मावि सिसैया र क्षेत्र लक्ष्मी मावि बागफाँटा र लक्ष्मी मावि दोधाराचाँदनी छनौट भएका छन ।
बाजुरामा जनप्रकास मावि र पशुपती मावि बुढीनन्दा, डोटीमा राधाकृष्ण मावि, शिखर, बछैन मावि बडिकेदार, बैतडीमा बासुदेव मावि लिप्टिटा, बिरेन्द्र मावि साहिलेक, बझाङ्गमा लामातोला मावि खप्तडछान्ना, सरस्वती मावि बुंगल,दार्चुलामा सम्पाल मावि ब्यास, लटिनाथ मावि मार्मा, अछाममा प्रभाधम्कोट मावि र नेपाल राष्ट्रिय मावि चाफामाण्डौँ, मासप मासवप बला, गुरुकुल मावि ढकारी, कैलालीमा महेन्द्र शिशु मावि जानकी, त्रिभुवन मावि टिकापुर ,जानगागृती मावि लम्कीचुहा, महुन्याल मावि बर्दगोरिया, राष्ट्रिय मावि कैलारी, छडी मावि घोडाघोडी, मालिका मावि गौरीगंगा, सरस्वती मावि गोदाबरी सारदा मावि जुगेडा र पञ्चोदय मावि धनगढी छनौट भएका छन।