२१ चैत्र, २०७९किसान लघुवित्तवित्तीय संस्था लिमिटेड, शाखा कार्यालय दिपायल,डोटीको आज केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । शाखा कार्यालय दिपायल,डोटीले आयोजना गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका १०४ वटा केन्द्रहरुका केन्द्र प्रमुख तथा सदस्यहरुको उपस्थीति रहेको थियो ।
उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिका. वडा नं.४ का वडा अध्यक्ष असोक कुमार सोप प्रमुख अतिथी रहनु भएको थियो भने विशिष्ट अतिथिमा केन्द्रीय कार्यालयको तर्फ बाट कर्जा असुली तथा जोखिम व्यवस्थापन बिभाग प्रमुख श्री टीकाराम उपाध्याय रहनु भएको थीयो । अतिथीमा बैकर्स क्वलब डोटीका अध्यक्ष तथा एन आइ सि एसिया बैक दिपायल डोटीका शाखा प्रबन्धक तपराज भट्ट रहनु भएको थियो कार्याक्रम्को सभाअध्यक्षमा एरिया कार्यालय स्याउले डडेल्धुराका का एरिया प्रमुख श्री गम बहादुर खड्का रहनु भएको थियो ।
शाखाका कर्मचारी श्री बासुदेब बजगाई ले स्वगत मन्तब्य सहित प्रमुख अतिथि,बिष्ट अतिथी ,अतिथि लगाएत सहभागी सबै लाई स्वागत गर्नु भएकोे थियो । कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न भिडियो सामाग्री, प्रस्तुतिकरण तथा छलफल गरिएको थियो भने ग्राहक सदस्यहरुले वित्तीय संस्थाको सेवा सुविधाहरुको बारेमा आफ्ना धारणा तथा जिज्ञासाहरु राखेका थिए भने कार्यक्रम सञ्चालन शाखाका शाखा प्रबन्धक श्री खेम राज जोशीले गर्नु भएको थियो ।
कार्यक्रममा शाखाका सबै कर्मचारीहरुको सहभागीतामा कर्जा असुली तथा जोखिमव्यवस्थापन बिभाग प्रमुख र क्षेत्रीय प्रबन्धकले वित्तीय साक्षरता सम्बन्धि र केन्द्रका पदाधिकारीहरुको काम, कर्तब्य तथा जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो संस्थाको हालसम्मको प्रगतिविवरणको बारेमा सबैलाई जानकारी गराईकार्यक्रम सम्पन्न भएको थियो ।
संस्थामा हालसम्म ९,३५२ वटा केन्द १,१८,०९३ जना सदस्यहरु आवद्ध भई कर्जा तथा बचत कारोबार गरिरहेका छन भने संस्थाले हालसम्म १३७ वटा शाखा कार्यालयहरु बाट बित्तीय सेवा प्रदानगर्दै आईरहेको छ ।