डडेल्धुरा, असार १७ – घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले आर्थिक वर्ष २०८०/८१ मा गरेको कार्यप्रगति समिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

डडेल्धुरास्थित कृषि ज्ञान केन्द्रको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय प्रमुख गगन सिंह भण्डारी,प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम,उद्योगी व्यवसायी,सरोकारवाला कार्यालय,सञ्चारकर्मी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कार्यालय प्रमुख केशव भण्डारीले आफ्नो वार्षिक प्रगतिका मुख्य अंशहरू प्रस्तुत गरेका थिय।
कार्यालय प्रमुख भण्डारीका अनुसार यस वर्ष प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ खर्च गरिएको थियो, जसले स्थानीय स्तरमा साना उद्यमहरूलाई प्रविधिको पहुँचमा ल्याउने प्रयास गरिएको जनाइएको छ। यसैगरी, उपभोक्ताको हक–अधिकारप्रति जनचेतना फैलाउन ‘विश्व उपभोक्ता अधिकार दिवस’ मनाउन ‘उद्योग दिवस’ मनाउन,व्यवसाय सञ्चालनमा रहेका व्यक्ति तथा संस्थाहरूको क्षमता अभिवृद्धिका लागि व्यावसायिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम,यसबाहेक विद्यालय तथा कलेजमा उपभोक्ता सचेतना फैलाउ,सरकारी प्रशासनिक निकायहरूलाई समेत निजी क्षेत्रसँग जोड्ने प्रयासस्वरूप उद्योग वाणिज्य प्रशासन अभिमुखीकरण कार्यक्रम सञ्चालनमा बजेट छुट्याइएको थियो।
स्थानीय उत्पादनको बजार प्रवर्द्धन र प्रचारप्रसारका लागि छुट्टाइएको थियी भने जिल्लाका मौलिक उत्पादनहरूलाई बाह्य बजारसम्म पुर्याउने पहल गरिएको हो। यी सबै कार्यक्रमहरूको लागि जम्मा २३ लाख ३२ हजार रुपैयाँको बजेट खर्च भएको जनाइएको छ।
यस वर्ष कार्यालयले उद्योग तथा वाणिज्य दर्ता, खारेजी तथा नवीकरणमा पनि महत्वपूर्ण काम गरेको छ। विभिन्न कारणले ७८ वटा उद्योग र ३९ वटा वाणिज्य संस्थाहरू खारेज भएका छन्। त्यसैगरी, २५२ वटा उद्योग र ४३८ वटा वाणिज्य व्यवसायहरू नवीकरण गरिएका छन्। राजस्व संकलनतर्फ हेर्दा, आर्थिक वर्ष २०८१/८२ को सुरुवातसम्म कार्यालयले २० लाख ९६ हजार ४ सय रुपैयाँ संकलन गरेको छ।
कार्यक्रममा सहभागी उद्यमी तथा व्यवसायीहरूले तालिम, प्रविधि, बजार, वित्तीय पहुँचलगायतका विषयमा आफूहरूले भोगेका समस्या राख्दै ती समस्याको दीर्घकालीन समाधान खोज्न सुझावहरू दिएका थिए। उनीहरूले सरकारी सेवाहरू अझ प्रभावकारी र समयमै पुग्ने गरी व्यवस्थित हुनुपर्ने माग पनि गरेका थिए।
कार्यक्रममा कार्यालय प्रमुख केशव भण्डारीले सीमित बजेटका कारण सोचेजस्तो काम गर्न नसकेको बताउँदै आगामी योजनामा सहभागीलगायत सरोकारवालाहरूका सुझावलाई समेटिने प्रतिबद्धता जनाए।
