सोमबारदेखि नेपाली क्रिकेटको महासंग्राम सुरू भएको छ। मंसिर १ देखि २७ गतेसम्म क्रिकेटप्रेमीहरूको ध्यान कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ। आइतबार सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा निर्मित प्यारापिट र फ्लडलाइट राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल क्रिकेट संघ ९क्यान० लाई हस्तान्तरण गरिसकिएको छ।
विकास, समृद्धि, सुशासन, रोजगारी र उत्पादन जस्ता महत्त्वपूर्ण कामहरू सम्पन्न हुनेबित्तिकै श्रेय लिने होड चल्नु अन्यथा होइन। यसअघिका दिनमा पनि यस्ता जस लिने अस्वस्थकर होडबाजी हामीले नदेखेका होइनौँ। तर, तथ्य र प्रमाणले पुष्टि गर्ने खालका सत्यलाई मात्रै सबैले स्वीकार्नुपर्छ।
टीयू क्रिकेट मैदानमा भएको प्यारापिट र फ्लडलाइट जडानका विषयमा सामाजिक सञ्जालमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरिएको देखियो। यो कताकता ‘काम गर्ने कालु, मकै खाने भालु’ भन्ने युक्तिसँग मिल्न गएजस्तो लाग्यो। यसको जस ओलीलाई मात्र दिनु उपयुक्त देखिँदैन।
व्यक्ति वा समूहले जुनसुकै दाबी गरे पनि, जतिसुकै महिमागान गाए पनि तथ्य र प्रमाणले सत्यको मानक स्थापित गर्छ। क्रिकेट मैदानको वर्तमान अवस्था र केपी ओलीको प्रशंसा मेल खान्छ तरु त्यसैले यसबारे केही उल्लेख गर्नैपर्ने देखियो।
पुष्पकमल दाहाल प्रचण्ड मुलुकको प्रधानमन्त्री बन्दा केही राम्रा र महत्त्वपूर्ण कामहरू भएका छन्। त्यसमध्ये एउटा काम यो पनि हो।
२०२४ को विश्वकप क्वालिफायर खेल कीर्तिपुर मैदानमा भएको थियो। यूएईलाई पराजित गर्दै महत्त्वपूर्ण सफलता हात पारेको उक्त दिनमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड मैदानमा पुग्नु भएको थियो। धुलो माटोमा मात्रै होइन, वरिपरिका रूखमा बसेर समेत क्रिकेट हेर्नेको संख्या उत्तिकै थियो। उक्त दिन प्रचण्ड विरुद्ध केही नाराबाजी समेत भएको थियो।
त्यसलगत्तै २०७९ चैत ३ गते क्वालिफायर बनेको नेपाली क्रिकेट टोलीलाई बधाई दिन बालुवाटार बोलाएर प्रचण्डले राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीलाई तत्काल गर्न सकिने कामहरू ९फ्लडलाइट र स्कोरबोर्ड जडान० गर्न निर्देशन दिनुभएको थियो। त्यसपछि २०८०–२०८१ को बजेटमा अर्थमन्त्री प्रकाशशरण महतलाई फ्लडलाइट र प्याराफिट निर्माण कार्य समेट्न निर्देशन दिनुभएको थियो। प्याराफिटतर्फ १६।२ करोड र फ्लडलाइटतर्फ १७।३ करोड बजेट विनियोजन गर्ने काम भएको थियो।
यसरी क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको योजनामा पार्ने कामको सुरूवात प्रचण्डले गरेको देखिन्छ। यति मात्रै होइन, प्रचण्डले २०८० को मंसिरमै कीर्तिपुरसँगै मूलपानी र चितवनको गौतमबुद्ध रंगशालालाई राष्ट्रिय गौरवको योजनामा समेट्नु भएको थियो। यसरी विभिन्न समयमा बजेट विनियोजन गर्ने र योजनालाई मूर्तरूप दिने काममा प्रचण्ड नेतृत्वको सरकार सक्रिय रहेको थियो। २०८१ को पहिलो नेपाल प्रिमियर लिग प्रचण्डकै पालामा सम्पन्न भएको हो। २०८१ जेठ–असारमा दोस्रो चरणका काम गर्नका निम्ति अनुमानित १० अर्ब बजेट विनियोन गर्ने काम प्रचण्डले गर्नुभयो।
नेपालको अस्थिर राजनीतिका कारण प्रचण्डले २०८१ जेठ ३१ गते प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्यो। प्रचण्डको राजीनामापछि केपी ओली प्रधानमन्त्री बन्नुभयो। उहाँले ३०० दिनको म्याद लिएर कीर्तिपुर क्रिकेट मैदानलाई निर्माण गर्न निर्देशन दिनुभयो। तर, ३०० दिन कटेर पनि निकै अबेर अर्थात् २०८२ कात्तिकको अन्तिम दिन मात्र निश्चित पूर्वाधार तयार गरिएको छ। घेराबार, विद्युतबाट फ्लडलाइट बाल्ने जस्ता धेरै कामहरू अझै बाँकी छन्।
अर्को याद गर्नुपर्ने कुरा, प्रचण्डले सत्तामा रहेको बेला उक्त मैदानलाई राष्ट्रिय गौरवको योजनाका रूपमा मात्रै अघि सार्नु भएन, सत्ताबाहिर हुँदा पनि निरन्तर चासो र चिन्ता प्रकट गरिरहनु भयो। २०८२ असार ३० गते संसदमा उभिएर प्रचण्डले भन्नुभएको थियो, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो। तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ। त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाइको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माणको बाँकी कामलाई सम्पन्न गर्ने घोषणा गर्नुभयो। तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन सकेन। सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठ्यो। जोडियो त फ्लडलाइटरु बन्यो त प्यारापिटरु’
यसरी प्रचण्डले सरकारभन्दा बाहिर हुँदा पनि टीयू क्रिकेट मैदान निर्माण कार्यलाई प्राथमिकता दिइरहनु भएको कुराका स्पष्ट तथ्य छन्। ढिलासुस्ती र विभिन्न चलखेलका कारण अनुमानितभन्दा धेरै राज्यको लगानी उक्त मैदानमा भएको देखिन्छ। यसको अपजस र जिम्मा केपी ओलीले नलिने तर निकैअघि नै निर्माण कार्य सम्पन्न हुनुपर्ने रंगशालाको सम्पूर्ण जस आफूले लिने कुरा जायज भन्न सकिँदैन।
मेरो आग्रह छ– माथि उल्लेख गरिएका तथ्यलाई नजरअन्दाज गरेर ओलीकै कारण बनेको हो भनेर दौडिनु उपयुक्त हुँदैन। ओलीलाई उहाँले जति योगदान दिनुभएको हो, त्यति मात्र श्रेय दिन जरुरी छ। त्यसमाथि उहाँ आफ्नो पालामा भएका राम्रो कामको मात्रै जस लिनुहुन्छ, नराम्रो कामको जिम्मा अरुलाई दिनुहुन्छ। लिनुपर्ने त उहाँले भाद्र २३ र २४ गतेको घटनाको जिम्मेवारी हो नि१ त्यत्रो विनाश र रक्तपात हुँदा तत्कालीन प्रधानमन्त्री ओली पन्छिन मिल्छरु यही हो लोकतान्त्रिक जवाफदेहीरु
त्यसैले २३ गतेको गोलीकाण्डको राजनीतिक तथा नैतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओलीले लिनुपर्छ। टीयू क्रिकेट मैदानको श्रेय सुरुवातकर्ता प्रचण्डलाई दिनुपर्छ। क्रिकेटप्रतिको युवाहरूको ऊर्जा देखेर सुविधायुक्त क्रिकेट मैदान निर्माण गर्ने कामको सुरुवात प्रचण्डले नै गर्नुभएको हो। यसको अवधारणा बनाउने, बजेट छुट्याउने, नीतिगत निर्णय गर्ने र समग्र प्रक्रिया सुरू गराउने सबै आधारभूत कामहरू प्रचण्डकै कार्यकालमै सम्पन्न भइसकेका थिए। त्यसपछि केपी ओलीले गर्नुभएको भनेको प्रक्रियागत निरन्तरतामा हस्ताक्षर मात्र हो। यो कुनै नेतृत्वगत योगदान होइन। ओलीभन्दा सरकारी संयन्त्रले नै बढी काम गरेका हुन्। ओलीको ठाउँमा जो आए पनि ठीक यही कदम स्वचालित रूपमा अघि बढ्थ्यो।
९छिरिङ ल्हामु लामा तत्कालीन माओवादी केन्द्रको तर्फबाट विघटित प्रतिनिधि सभा सदस्य हुन्०