आज असार १५ गते
दही चिउरा खाने।
दही चिउरा खाए पछि,
धान रोप्न जाने।
साइली दिदी बिउ काढने,
अरु धान रोप्ने।
बाउसे दाइले गरै पिच्छे,
बिउको मुठा फ्याक्ने।।
कोहि भाइ खेत जोत्ने,
कोहि पटाहा लाउने।
बाउसे दाइ फरुवा बोकि,
छेउ कुना सम्म्याउने।।
बिर्खे दाइ पटाहा लाउछन्
गोरु कुदाइ कुदाइ।
यिनको फुर्ति काम देखि,
सवले दिन्छन बधाई ।।
सवैजना रमाइ रमाइ,
खेतमा धान रोप्ने।
धान रोपि सकेपछि ,
सवैले हिलो छयाप्ने।।
यसरी नै आज हामी ,
धान दिवस मनाउँछौं
सारा किसान एक भई,
खेती बाली लाउँछौँ।
दु:ख गरि बाली लाउछौं,
पाकने बेला हुन्छ।
हात्ती को हन्जा आइ
सबै खाइ दिन्छ।
किसानको मर्म बुझने,
याहाँ कोही छैन।
सिजनमा खेती बाली,
नलगाइ हुँदैन।।
केही रोजगार गरौ भने,
देशमा केही छैन,
बाल बच्चा पाल्नलाई,
खेती नभै भएन।
कृषि पेसा उच्च पेशा,
नारामा मै सीमित।
कहिले पनि भएन है,
किसानको हित।।
न बेलामा बीउ पाइन्छ,
नत पाइन्छ मल,
पाउँदैनौ किसान हामीले,
परिश्रमको फल।
चालिस मन हात्ती खान्छ,
दुई मन सरकार दिन्छन्
यस्तो व्यवहार देखे पछि,
जन्ता कठोर बन्छन्।।
समाप्त ।
-----------------------
तोयालाल दाहाल काकडभिट्टा बर्मेली टोल
झापा।