डडेल्धुरा - अछाम जिल्लाकाे अति विकट उतिबेलाकाे रामाराेशन गाविस वडा नम्बर १ सनानिगाउँ टाेलमा स्वर्गीय माता झुप्रि देबि साउँद र बुवा धर्म सिं साउँदकाे काेखबाट२०४४ साल जन्मिएका तेस्राे सन्तान कम्मान सिं साउँद एउटा समान्य गरिब परिवारमा जन्मिएका थिए।
उनी त्याे ६ बर्षकाे उमेरमा आमाको निधन भएर टुहुरा समेत भएका थिए। पछि उनलाई पालन पाेषण गर्दै अगाडि बढाउने जेठो दिदी खन्टि राेकाया हुनुहुन्थ्यो । दिदिले गाउलेको काम गर्दै उनलाई पालनपोषण गरिन। उनी बाल्यकाल देखि नै असाध्यै विद्रोही स्वाभावका थिए । उनी शिशुबाट आफ्नो गाउँ नजिकैकाे विद्यालय श्रि कैलाशेश्वर आविबाट कक्षा ३ सम्म अध्ययन गरेर कक्षा ४ मा श्रि यसाेदा मावि नेटाकाेटमा अध्ययन गर्दै कलास दाेस्राे स्थानमा हुन्थे। पढाइमा पनि असाध्यै मेहनत गर्थे । उनी सानाे उमेर बाट बिद्यालय टाढा भएको कारणले छात्राबास बस्थे। अनि शिक्षक संग सहयोग लिदै अध्ययन अगाडि बढाएका थिए।
छात्राबास बस्ने बेला उनकाे नजिकै २ घण्टा टाढा शान्तडा प्रहरी चाैकि थियो । नेपालमा भइरहेको जनयुद्धको राप र ताप उनकाे गाउँमा पनि पुगेको थियोे । गाउबाट थुप्रै साथिहरु भुमिगत भईसकेका थिए ।अनि त्यसै कारण उतिबेलाकाे दङ्गा प्रहरीले उनलाई आएर कुटपिट र यातना दिन थालेपछि साउद जि पनि कक्षा ८ पढ्दै गर्दै २०५८ साल तिर पर्णकालिन सदस्य हुनुभयो । अनि उहाँको राजनीति यात्रा सुरु भयाे। उनी आन्दोलन मा नै नजादै जातिय विभेद र अन्याय अत्याचार बिरुद्ध आवाज उठाउथे ।
भुमिगत भएर त्याे बेला अछाम काटिकाेट बाजुरा काे संयुक्त एउटा जिल्ला बनाएको थियो । उनी त्सबेला अछाममा रहेर सांगठनिक रुपमा काम गरे। कामगर्दै गर्दा केही समय अछाम जिल्लाकाे रामाराेशन साँस्कृतिक प्पाटुनमा काम गर्दै पार्टीको जिल्ला कमिटी सदस्य बाट आवश्यकता परेर उनी जनमुक्ति सेना नेपाल मा प्रवेश गरे । जनमुक्ति सेना नेपाल काे लिस्नेगाम स्मृति तेस्राे बिग्रेड ७ नम्बर बटालियन A कम्पनी मा प्रवेश गरेर काम गरे । अनि जनयुद्धको बेला उनले असाध्यै ठुलठुला फाैजि कार्वाही फष्ट एसाल्टमा रहेर आफ्नो लडाकुपन देखाएर भाग लिए।
उनले लडेका फाैजि माेर्चाहरु म्यादीकाे बेनि सदरमुकाम, बर्दियाको रम्बापुर बेस क्याम्प , रुकुमको सतिपाेले दास्राे खारा ब्यारेक , कालिकोटकाे पिलि, पाल्पाकाे सदरमुकाम तानसेन , कपिलवस्तुकाे ताैलिहवा,धनगढीकाे कारागार , कञ्चनपुरकाे गड्डाचाैकि,अछामको बयालपाटा,अछाम ठाटिखाद, कैलालीको बडैपुर , कैलालीकाे दुर्गाैलि ,कैलालीको भासुभिर, कैलालीको पण्डाैन रेन्जर बटालिय संग, कालिकोट काेटबाडा, अछाम बिनायक,अछाम साफेबगर झुलङ्गेपुलमा कमाण्डाे आक्रमण, डोटीकाे कफल्लेकि,कैलाली पाल्पाकाे तिनगिरे ,धरमपानि, हजारौं एम्बुस भिडन्तमा साहसिक लडाइँ लडेर पनि मृत्युको मुखबाट बाच्न सफल भएका थिए । उनी उमेरमा असाध्यै कम थिए । लडाकुपन असाध्यै थियो।
शान्ति सम्झाैता पनि अछामको पार्टी आन्दोलनमा लामो समयबाट काम गर्दै नेकपा हुदा रामाराेशन गाउकमिटि अध्यक्ष थिए । पछि एउटा कार्यकाल माओवादी पार्टीको अध्यक्ष पनि भए ! युद्धको बेला उनी रुकुमको खारा र कैलालीको पण्डाैनमा ल्डालड्दै २ पटक घाइते भएका थिए । उनकाे शरिरभरि अहिले पनि पुरै गाेलिका छर्रा छन् । २४ सै घण्टा शरिर दुखि रहन्छ । अशक्त छन् ! तैपनि परिवार पाल्न उनि अहिले विदेशिन बाध्य भएका छन।
उनको घरमा श्रीमती सहित एक छोरी दुई छोराहरू छन्। हाल युएइमा चौकी दारि गरिरहेका छन् बिडम्बना युएईमा पुगेको एक महिना के भएको थियो उनले बुबा पनि गुमाए।